Isaiah 35:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरुभूमि हर्षले गीत गाउँदै चिच्‍च्‍याउनेछ, त्‍यो लेबनानका पर्वतहरूझैँ सुन्‍दर र कर्मेल र शारोनका मैदानझैँ मलिलो हुनेछ। सबैले परमप्रभुको वैभव देख्‍नेछन्। उहाँका शक्ति र महान्‌ता देख्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो फुलेर फक्रनेछ। यो अत्‍यन्‍त प्रफुल्‍लित हुनेछ, र हर्षले गाउँदै रमाहट गर्नेछ। लेबनानको गौरव, कर्मेल र शारोनको शोभा त्‍यसलाई दिइनेछ। तिनीहरूले परमप्रभुको महिमा र हाम्रा परमेश्‍वरको ऐश्‍वर्य देख्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हर्षले फुल्नेछ; त्यो अति खुशी भएर आनन्दले कराउनेछ। लेबनानको महिमा; कर्मेल र शारोनको गौरव त्यसलाई दिइनेछ; तिनीहरूले याहवेहको महिमा र हाम्रा परमेश्‍वरको प्रताप देख्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
जुन ठाउँ एक समय पशुहरूको अधीनमा थियो त्यहाँ अग्ला-अग्ला जल वृक्षहरू हुनेछन्। मरूभूमि फुलेका फूलहरूले भरिपूर्ण हुनेछ अनि यसले आफ्नो खुशीयाली दर्शाउनेछ। यो यस्तो प्रफुल्लित हुँदछ कि मरूभूमि खुशीले नाचिरहेकोछ। मरूभूमि लबानोनको बगेंचा जस्तो हुनेछ। यस्तो हुने नै छ किनभने मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्। मानिसहरूले हाम्रो परमप्रभुको सुन्दरता देख्नेछन्।