Isaiah 35:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हतास भएकाहरूलाई यसो भन, “बलियो होओ र नडराओ! परमेश्वर तिम्रो उद्धार गर्न आउँदै हुनुहुन्छ, तिम्रा शत्रुहरूलाई दण्ड दिन आउँदै हुनुहुन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
डरले हृदय भरिएकाहरूलाई भन, “साहस गर, नडराओ। तिमीहरूका परमेश्वर बदला दिनलाई आउनुहुनेछ, ईश्वरीय प्रतिफलसहित तिमीहरूलाई बचाउनलाई उहाँ आउनुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हृदयमा डर बोकेकाहरूलाई भन, “बलियो होओ, नडराओ; तिमीहरूका परमेश्वर आउनुहुनेछ; उहाँ बदला लिन आउनुहुनेछ; उहाँ तिमीहरूलाई बचाउन ईश्वरीय प्रतिशोधसित आउनुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू भयभीत र अन्योलमा परेका छन्। ती मानिसहरूलाई भन, “बलियो हौऊ, नडाराऊ!” हेर, तिमीहरूका परमेश्वर आउनु हुनेछ अनि शत्रुहरूलाई दण्ड दिनुहुनेछ। उहाँ आएर तिमीहरूलाई पुरस्कार दिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई बचाउनु हुनेछ।