Isaiah 35:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ एउटा राजमार्ग हुनेछ, त्यसको नाम ‘पवित्र राजमार्ग’ राखिनेछ। कुनै पापी त्यहाँबाट कहिल्यै हिँड्न पाउनेछैन, त्यहाँबाट जानेलाई कुनै मूर्खले भुलाउन सक्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँ एउटा मूलबाटो हुनेछ, त्योचाहिँ पवित्रताको बाटो भनिनेछ। कोही अशुद्ध जन त्यसबाट भएर जानेछैन। तर त्यस मार्गमा हिँड्नेहरूका निम्ति मात्र त्यो हुनेछ। दुष्ट मूर्खहरू त्यसबाट जान पाउनेछैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ एउटा राजमार्ग हुनेछ; त्यसलाई पवित्रताको मार्ग भनिनेछ; अशुद्ध त्यसबाट भएर जानेछैन। तर त्यसबाट भएर हिँड्नेहरूका लागि मात्र त्यो हुनेछ; दुष्ट मूर्खहरू त्यसबाट भएर जानेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला, त्यहाँ एउटा मुलबाटो बनिनेछ र त्यसलाई “पवित्र मार्ग” भनिनेछ। दुष्ट मानिसहरूलाई त्यहाँ हिंड्ने अनुमति दिइने छैन्। कुनै मूर्ख त्यस बाटोबाट हिंड्न पाउने छैन्। खाली असल मानिसहरू त्यस मार्ग भएर हिँड्ने छन्।