Isaiah 36:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब एल्‍याकीम, शेब्‍ना र योआले ती सेनापतिलाई भने, “हामीसित अरामी भाषामा बोल्‍नुहोस्। हामी अरामी बुझ्‍छौं। हिब्रू भाषामा नबोल्‍नुहोस्। पर्खालमा भएका सबै मानिसहरूले हाम्रा कुरा सुन्‍दैछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एल्‍याकीम, शेब्‍ना र योआले युद्धका सेनापतिलाई भने, “बिन्‍ती छ, तपाईंका दासहरूसित आरमेइक भाषामा बोल्‍नुहोस्, किनकि हामी त्‍यो भाषा बुझ्‍छौं। पर्खालमा भएका मानिसहरूले सुन्‍ने गरी हिब्रू भाषामा हामीसित नबोल्‍नुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब एल्याकीम, शेब्ना र योआले मैदानका सेनापतिलाई भने, “कृपा गरी आफ्ना सेवकहरूसित अरामी भाषामा कुरा गर्नुहोस्। किनकि हामी यो भाषा बुझ्दछौँ। पर्खालमाथि भएका मानिसहरूले सुन्‍ने गरी हिब्रू भाषामा नबोलिदिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
तब एल्याकीम, शेब्ना र योआहले रबशाकेलाई भने, “दया गरेर हामी प्रति अरामी भाषामा बोल्नु होस्। हामी त्यो भाषा बुझ्छौ। हामीसित यहूदी भाषामा नबोल्नु होस्। यदि तिमीले हाम्रो भाषा प्रयोग गर्यौ भने शहरका पर्खालहरूमा भएका मानिसहरूले पनि बुझ्नेछन्।”