Isaiah 36:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले जवाफ दिए, “तिमीहरू के यो सोच्‍दछौ कि राजाले मलाई यी कुरा राजा र तिमीहरूलाई मात्र भन्‍न पठाएका हुन्? होइन, पर्खालमा बसेका मानिसहरूसँग पनि म बोल्‍दै छु। तिनीहरूले पनि तिमीहरूजस्‍तै आफ्‍नो मल खानु र आफ्‍नो मूत्र पिउनुपर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर युद्धका सेनापतिले भने, “के मेरा मालिकले तिमीहरू र तिमीहरूका मालिककहाँ मात्र यी कुरा भन्‍न मलाई पठाउनुभएको हो र? के उहाँले मलाई पर्खालमा बस्‍ने मानिसहरूकहाँ पनि पठाउनुभएको होइन र— जसले तिमीहरूले जस्‍तै आफ्‍नै दिसा खानुपर्छ र आफ्‍नै पिसाब पिउनुपर्नेछ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर सेनापतिले जवाफ दिए, “के मेरा मालिकले यी कुराहरू तिमीहरूका मालिक र तिमीहरूलाई मात्र भन्‍नु भनेर पठाउनुभएको हो, र पर्खालमाथि बस्‍ने मानिसहरूलाई होइन—जसले तिमीहरूले झैँ आफ्नै दिसा खानुपर्नेछ र पिसाब पिउनुपर्नेछ?”
Nepali ERV (पवित्र बाइबल)
तर रबशाकेले भने, “के मेरा मालिकले तिमीहरू र तिमीहरूका मालिकहरूसित मात्र बोल्न पठाएको होइन्। मेरो मालिकले ती मानिसहरूसँग पनि बोल्न पठाए जो पर्खालहरूमाथि बसिरहेका छन्। ती मानिसहरूसँग खाद्य र पानी सम्म छैन, तिमीहरूले जस्तै तिनीहरूले आफ्नै दिशा खानेहरू र आफ्नै पिसाब पिउनेछन्।”