Isaiah 36:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुमा भर पर्नुपर्छ भन्ने तिनको कुरा नपत्याओ। परमप्रभुले तिमीहरूलाई बचाउनुहुनेछ र हाम्रा अश्शूरी सेनालाई तिम्रा सहर कब्जा गर्न दिनुहुन्न भनी नसोच।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हिजकियाले तिमीहरूलाई यसो भनेर परमप्रभुमाथि भरोसा गर्न पनि नलाओस्, ‘परमप्रभुले निश्चय नै हामीलाई छुटकारा दिनुहुनेछ। उहाँले यो सहर अश्शूरका राजाको हातमा सुम्पिदिनुहुनेछैन’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हिजकियाले तिमीहरूलाई याहवेहमाथि भरोसा गर्नलाई यसो भन्दै धोका दिन नपाऊन्, ‘याहवेहले निश्चय हामीलाई छुटाउनुहुनेछ। यो सहर अश्शूरका राजाका हातमा दिइनेछैन।’
Nepali ERV (पवित्र बाइबल)
हिजकियाहमाथि भरोसा नगर जब उसले भन्दछ, ‘परमप्रभुमा भरोसा गर! परमप्रभुले निश्चय हामीलाई बचाउँनु हुनेछ। परमप्रभुले अश्शूरका राजालाई यो शहर परास्त गर्न दिनुहुने छैन।’