Isaiah 36:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हिजकियाका कुरा नसुन! सहरबाट निस्‍किआएर समर्पण गर्न अश्‍शूरका राजाले तिमीहरूलाई आज्ञा गरेका छन्। त्‍यस बेलासम्‍म तिमीहरू आफ्‍नो बारीका दाख र नेभारा खान अनि आफ्‍नै कुवाका पानी पिउन पाउनेछौ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हिजकियाको कुरा नसुन। अश्‍शूरका महाराजा यसो भन्‍नुहुन्‍छ: तिमीहरू मसित मिलाप गर, र निस्‍केर मकहाँ आओ। तब तिमीहरू हरेकले आ-आफ्‍नो दाखको फलबाट र नेभाराको फलबाट खाऔला, र आ-आफ्‍नो पानीको कुण्‍डबाट पानी पिऔला,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हिजकियाको कुरा नसुन्‍नू। अश्शूरका राजा भन्‍नुहुन्छ: मसित मिलाप गरेर बाहिर मकहाँ आओ। तब तिमीहरू प्रत्येकले आफ्नै दाख र नेभाराको फलबाट खानेछौ र आफ्नै इनारबाट पिउनेछौ।
Nepali ERV (पवित्र बाइबल)
हिजकियाहबाट ती शब्दहरू नसुन्। अश्शूरका महाराजाको कुरा सुन्। अश्शूरका राजाले भन्दछ, “हामीले एउटा सम्झौता गर्नुपर्छ। तिमीहरू शहरबाट मकहाँ आउनु पर्छ। तब मात्र प्रत्येक मानिसले आफ्नो घर जानलाई स्वतन्त्र हुनेछ। प्रत्येक मानिसले आफ्ना दाखको बोटबाट स्वतन्त्र रूपले दाख खान पाउनेछ। अनि प्रत्येक मानिसले स्वतन्त्र रूपमा आफ्नो नेभाराको बोटबाट फल खान पाउने छ। प्रत्येक मानिसहरूले आफ्ना इनारबाट स्वतन्त्र रूपमा पानी पिउन पाउने छ।