Isaiah 36:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि हिजकिया राजाले आत्‍मसमर्पण गरून् भनी माग गर्नलाई तिनले आफ्‍नो सेनापतिलाई एउटा ठूलो सेनाका साथ लाकीशबाट यरूशलेममा पठाए। ती सेनापति गएर धोबी खेतको बाटोमा रोकिए। त्‍यो बाटो माथिल्‍लो पोखरीबाट तलतिर पानी झर्ने कुलाको छेउमा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि अश्‍शूरका राजाले युद्धका एक जना सेनापतिलाई ठूलो सेनासमेत लाकीशबाट यरूशलेममा हिजकिया राजाकहाँ पठाए। जब उनी धोबीको खेतको मूल बाटोमा भएको माथिल्‍लो पोखरीको कुलोनेर उभिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अश्शूरका राजाले एउटा ठूलो सेनासहित आफ्नो मैदानका सेनापतिलाई लाकीशबाट यरूशलेममा राजा हिजकियाकहाँ पठाए। जब ती सेनापति माथिल्‍लो पोखरीको नहरमा धोबीको खेत जाने बाटोमा रोकिए,
Nepali ERV (पवित्र बाइबल)
सनहेरीबले आफ्ना कप्तानसँग विशाल सेनाहरू यरूशलेममा राजा हिजकियाहकहाँ पठाए। कप्तान र उनका सेनाहरू लाकीश छाडेर यरूशलेम तिर गए। तिनीहरू माथिल्लो झाडीको जलमार्ग नजिक रोकिए। (माथिल्लो पोखरी धोबीको खेत जाने बाटोतर्फ पर्छ।)