Isaiah 36:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि एल्याकीम, शेब्ना र योआले शोकले आफ्ना वस्त्र च्याते र अश्शूरी सेनापतिले भनेका कुरा राजाकहाँ गएर सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजदरबारका प्रशासक हिल्कियाहका छोरा एल्याकीम, सचिव शेब्ना र आसापका छोरा लेखापाल योआले आफ्ना लुगा च्याते, र हिजकियाकहाँ आएर युद्धका सेनापतिका कुरा तिनलाई सुनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब हिल्कियाहका छोरा एल्याकीम, जो महलका प्रशासक थिए, सचिव शेब्ना र आसापका छोरा लेखापाल योआ आफ्ना लुगा च्यातेर हिजकियाहकहाँ गए। अनि तिनलाई मैदानका सेनापतिले भनेका कुरा सुनाइदिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि राजदरबारका व्यवस्थापक (हिल्कियाहको छोरो एल्याकीम), राजकीय सचिव शेब्ना अनि धर्मशास्त्री आसापको छोरो योआ हिजकियाह कहाँ गए। तिनीहरूले शोकव्यक्त गर्न आफ्ना लुगाहरू च्याते अनि हिजकियाहलाई प्रत्येक कुरा भने जो अश्शूरका कप्तानले भनेका थिए।