Isaiah 36:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई भेट गर्न राजमहलका अधिकारी, हिल्कियाहका छोरा एल्याकीम, दरबारका सचिव शेब्ना र कागज-पत्र राख्ने अधिकारी आसापको छोरो योआ आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजदरबारका प्रशासक हिल्कियाहका छोरा एल्याकीम, सचिव शेब्ना, र आसापका छोरा लेखापाल योआ बाहिर निस्केर उनीकहाँ आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब महलका प्रशासक हिल्कियाहका छोरा एल्याकीम, सचिव शेब्ना र आसापका छोरा लेखापाल योआ तिनीकहाँ गए।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेमबाट तीन जना पुरूषहरू कप्तानसँग कुरा गर्न गए। तिनीहरू हुन हिल्कियाहको छोरो एल्याकीम, आसापको छोरो योआ अनि शेब्ना। एल्याकीम राजदरबारका प्रशासक थिए। योआ लेखापाल थिए। अनि शेब्ना दरबारको सचिव थिए।