Isaiah 36:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अश्शूरी सेनापतिले कुरा अघि बढाए, “तिमीहरू परमप्रभु तिम्रा परमेश्वरमा भर परेका छौ भनी तिमीहरू मलाई भन्छौ? हिजकियाले यरूशलेमको वेदीमा मात्र आराधना गर्न यहूदा र यरूशलेमका मानिसहरूलाई भनेको बेलामा तिनले परमप्रभुकै आराधना र वेदीहरू नाश पारेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि “हामी आफ्ना परमप्रभु परमेश्वरमाथि भर पर्दछौं” भनी यदि तिमी मलाई भन्छौ भने, के उहाँ उही हुनुहुन्न, जसका अल्गा-अल्गा ठाउँहरू र जसका वेदीहरू हिजकियाले यहूदा र यरूशलेमलाई यसो भन्दै हटाए, “तिमीहरूले यस वेदीको सामुन्ने आराधना गर्नुपर्छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले मलाई “हामी याहवेह हाम्रा परमेश्वरमाथि भरोसा राख्छौँ” भन्नुहुन्छ भने के त्यो त्यही देवता होइन, जसका अल्गा देवस्थानहरू र वेदीहरू हिजकियाले हटाएर यहूदा र यरूशलेमलाई “तिमीहरूले यरूशलेममा यस वेदीको सामु आराधना गर्नुपर्छ” भनेका थिए?
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरू यसो भन्न सक्छौ, “हामी आफ्ना परमप्रभु परमेश्वरबाट सहायता पाउने भरोसा गरिरहेछौ।” तर म जान्दछु हिजकियाहले ती वेदीहरू र उच्च स्थानहरू ध्वंश पारे जहाँ मानिसहरूले परमप्रभुलाई पूज्दथे। अनि हिजकियाहले यहूदा र यरूशलेमका मानिसहरूलाई भने, “तिमीहरूले यहाँ यरूशलेमको एउटा बेदीमा आराधना गर्नुपर्छ।”