Isaiah 37:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर, स्‍वर्गदूतहरूदेखि माथि आफ्‍ना सिंहासनमा विराजमान् हुनुहुने तपाईं मात्र परमेश्‍वर हुनुहुन्‍छ र पृथ्‍वीका सबै राज्‍यहरूमा शासन गर्नुहुन्‍छ। तपाईंले आकाश र पृथ्‍वी सृजनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर, करूबहरूका बीचमा विराजमान हुनुहुने, पृथ्‍वीका सारा राज्‍यहरूका तपाईं मात्र परमेश्‍वर हुनुहुन्‍छ। स्‍वर्ग र पृथ्‍वी तपाईंले नै सृष्‍टि गर्नुभएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर, करूबहरूका बीचमा सिंहासनमा विराजमान हुनुहुने, तपाईं मात्र संसारका सबै राज्यहरूमाथि परमेश्‍वर हुनुहुन्छ। तपाईंले नै स्वर्ग र पृथ्वी बनाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
“हे सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर, तपाईं राजा सरह करूब दूतहरूमाथि बस्नु हुन्छ। तपाईं, अनि तपाईं मात्र, परमेश्वर हुनुहुन्छ जसले पृथ्वीमा भएका सारा राज्यहरूमाथि शासन गर्नु हुन्छ। तपाईंले स्वर्गहरू र पृथ्वी बनाउनु भयो।