Isaiah 37:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु, हाम्रो बिन्‍ती सुन्‍नुहोस्, आँखा खोल्‍नुहोस् र हेर्नुहोस्। तपाईं जीवित परमेश्‍वरको अपमान गरेर सनहेरीबले के कुरा भन्‍दै छन्, ती सुन्‍नुहोस्, परमप्रभु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, आफ्‍नो कान थापेर सुन्‍नुहोस्‌। हे परमप्रभु, आफ्‍ना आँखा खोलेर हेर्नुहोस्‌। सनहेरीबले जीवित परमेश्‍वरको निन्‍दा गर्नलाई पठाएका सबै कुरा ध्‍यानसित सुन्‍नुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, आफ्नो कान थापेर सुन्‍नुहोस्। हे याहवेह, आफ्ना आँखा खोलेर हेर्नुहोस्; सनहेरीबले जीवित परमेश्‍वरको अपमान गर्न पठाएका सबै कुराहरू सुन्‍नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, दया गरेर मेरो कुरा ध्यान दिएर सुन्नु होस्। परमप्रभु, आफ्ना आखाँहरू खोल्नु होस् यस सन्देशमा हेर्नुहोस। हे जीवित परमेश्वर! सनहेरीबबाट तपाईंलाई निन्दा गर्न पठाएका शब्दहरू सुन्नुहोस्।