Isaiah 37:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले राजमहलको अधिकारी एल्‍याकीम, दरबारको सचिव शेब्‍ना र मुख्‍य पूजाहारीहरूलाई आमोजका छोरा यशैया अगमवक्ताकहाँ पठाए। तिनीहरूले पनि भाङ्‌ग्रा लाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले राजदरबारका प्रशासक एल्‍याकीम, सचिव शेब्‍ना र पूजाहारीमध्‍येका प्रमुखहरूलाई भाङ्‌ग्रा लगाएर आमोजका छोरा यशैयाकहाँ पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले राजमहलका प्रशासक एल्याकीम, सचिव शेब्ना र प्रमुख पुजारीहरूलाई भाङ्ग्रा लगाएर आमोजका छोरा यशैया अगमवक्ताकहाँ पठाए।
Nepali ERV (पवित्र बाइबल)
हिजकियाहले राज-दरबारका व्यवस्थापक एल्याकीम राजकीय सचिव शेब्ना अनि पूजाहारीहरूका बूढा-प्रधानहरूलाई आमोसको छोरा अगमवक्ता यशैयाकहाँ पठाए। तिनीहरूले यस्ता लुगाहरू लगाएका थिए जसले तिनीहरूको शोक र खिन्नता प्रकट गर्दथ्यो।