Isaiah 37:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभु इस्राएलका परमेश्वरले यसो भन्नुहुन्छ, ‘तैँले मलाई अश्शूरका राजाको विषयमा प्रार्थना चढाएको हुनाले म त्यसको बारेमा यसो भन्छु। सनहेरीब, यरूशलेमका नारीहरूले तेरो हाँसो उडाउँदछन् र तँलाई खिसी गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण त्यसको विरुद्धमा परमप्रभुले भन्नुभएको वचन यही हो, “सियोनकी कन्येछोरीले तँलाई ठट्टा र खिसी गरेकी छ। यरूशलेमकी छोरीले तेरो पछि शिर हल्लाउनेछे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेहले त्यसको विरुद्ध यो कुरा बोल्नुभएको छ: “सियोनकी कन्या छोरीले तँलाई तुच्छ ठान्छे र खिसी गर्छे। तँ भाग्दा यरूशलेमकी छोरीले आफ्नो शिर हल्लाउँछे।
Nepali ERV (पवित्र बाइबल)
“सनहेरीबको बारेमा यो परमप्रभुको सन्देश हो ‘सियोनकी कन्या-छोरी सोच्छे तिमी महत्वपूर्ण छैनौ। उसले तिमीलाई खिसी गर्छे। यरूशलेमकी छोरीले तिमीहरूलाई हाँसोको पात्र बनाउँछे।