Isaiah 37:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसलाई अपमान गर्दछु र कसको हाँसो उडाउँदछु भनी तँ सोच्दछस्? तैँले म इस्राएलका पवित्र परमेश्वरको अनादर गरेको छस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले कसको ठट्टा र निन्दा गरेको छस्? कसको विरुद्धमा तँ ठूलो सोरले कराएको छस्, र तैंले घमण्डले हेरेको छस्? के इस्राएलका परमपवित्रको विरुद्धमा होइन?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले कसको ठट्टा र निन्दा गरेको छस्? कसका विरुद्धमा तैँले आफ्ना आवाज उठाएको छस्, र घमण्डमा आफ्ना आँखा उठाएको छस्? इस्राएलका पवित्र परमेश्वरको विरुद्धमा निन्दा गरेको छस्!
Nepali ERV (पवित्र बाइबल)
तिमीले कसलाई अपमान गर्यौ र हाँसोको पात्र बनायौ? तिमीहरूले कसको विरोधमा आवाज उठायौ? तिमीहरू इस्राएलका परम पवित्रको विरूद्ध थियौ। तिमीहरूले आफूलाई उहाँ भन्दा महान सोच्यौ।