Isaiah 37:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले आफ्‍ना रथहरूले लेबनानका सबैभन्दा अग्‍ला पर्वतहरू विजय गरें भनी मेरा अघि धाक लगाइस्, तेरा मानिसहरूलाई पठाइस्। सबैभन्दा अग्‍ला देवदारुका रूखहरू र सबैभन्दा असल सल्‍लाका रूखहरू ढालेर जङ्गलका भित्री भागहरूमा पुगें भनेर धाक लगाइस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरा समाचारवाहकद्वारा तैंले परमप्रभुको थुप्रै निन्‍दा गरेको छस्‌। र तैंले भनेको छस्, ‘मेरा धेरै रथहरूको दलसमेत म पहाड़हरूका टाकुरामा चढें, लेबनानका टाकुरासम्‍मै। त्‍यसका अल्‍गा-अल्‍गा देवदारुहरू र त्‍यसका असल-असल सल्‍लाका रूखहरू ढालेको छु। म त्‍यसका सबैभन्‍दा टाढ़ाका टाकुरामा र सुन्‍दर वनसम्‍मै पुगेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्ना दूतहरूद्वारा तैँले प्रभुको निन्दा गरेको छस्। अनि तैँले भनेको छस्, ‘म आफ्ना धेरै रथहरूसित पहाडहरूका शिखरहरूमा उक्लेको छु; अँ, लेबनानको सर्वोच्‍च शिखरहरूमा। मैले त्यसका सबैभन्दा अग्ला देवदारुका रूखहरू, त्यसका अति सर्वोत्तम सल्‍लाका रूखहरू काटेर ढालेको छु। म त्यसका दुर्गम उचाइहरूमा, त्यसका सर्वोत्तम वनहरूमा पुगेको छु।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले आफ्ना अधिकारीहरू परमप्रभु, मेरा मालिकलाई अपमान गर्न पठायौ। तिमीले भन्यौ, ‘म अत्यन्त शक्तिशाली छु। मसँग धेरै-धेरै रथहरू छन्। म आफ्नो शक्तिले लबानोनलाई परास्त गर्छु। म लबानोनको उच्चतम पर्वतहरूमा चढें। मैले लबानोनका सबै ठूलो रूखहरू काटेर ढाले। म ती उच्च पर्वत र जङ्गलको गहिरो भागहरूभित्र थिएँ।