Isaiah 37:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘के तैँले कहिल्यै सुनेको छैनस् कि यी सबै मैले उहिले नै पक्का गरिहालेकै थिएँ। मैले त्यो अब पूरा गरें? सुरक्षित सहरलाई ढुङ्गाको थुप्रो बनाइदिने शक्ति मैले तँलाई दिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“के तैंले सुनेको छैनस्? मैले त्यो उहिले नै निश्चय गरेको थिएँ। प्राचीन समयमा नै मैले योजना बनाएको थिएँ। त्यो कुरो मैले अब पूरा गरें कि तैंले किल्ला भएका सहरहरूलाई ढुङ्गाको थुप्रो बनाइस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के तैँले सुनेको छैनस्? धेरै पहिले नै मैले यो नियुक्त गरेको थिएँ। प्राचीन कालमा नै मैले यो योजना बनाएको थिएँ। अब मैले यसलाई हुन दिएँ, र तैँले सुरक्षित सहरहरूलाई ढुङ्गाका थुप्रोमा परिणत गरेको छस्।
Nepali ERV (पवित्र बाइबल)
त्यही त तिमीले भनेको हो। तर तिमीले मैले के भनें सुनेनौ। ‘मैले धेरै अघि योजना बनाएको थिएँ। मैले यो प्राचीनकालदेखि नै योजना बनाएको थिएँ अनि अहिले मैले यसलाई गराँए। मैले तिमीलाई शक्तिशाली शहरहरू ढल्ने अनि तिनीहरूलाई भग्नावशेष परिणत गर्ने अनुमति दिएँ।