Isaiah 37:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरो रिस र घमण्डबारे मैले खबर पाएको छु। तेरो नाकमा नत्थी र मुखमा लगाम लगाएर जुन बाटोबाट तँ आइस्, त्यही बाटोबाट म तँलाई फर्कन लाउनेछु’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँ मेरो विरुद्धमा रिसाएको हुनाले, र तेरो शेखी मेरो कानमा परेको हुनाले, म मेरो बल्छी तेरो नाकमा र मेरो लगाम तेरो मुखमा लगाएर तँलाई तँ आएकै बाटोतिर फर्काउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ मेरो विरुद्धमा रिसाएकोले र तेरो क्रोध मेरो कानसम्म आइपुगेको कारणले, म आफ्नो अङ्कुसे तेरो नाकमा र आफ्नो लगाम तेरो मुखमा लगाउनेछु; अनि म तँलाई, तँ आएकै बाटो भएर तँलाई फर्केर जान लाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
हो, तिमी मसित खिन्न थियौ। मैले तिम्रो अंहकारी अपमानहरू सुनें यसैले मैले तिम्रो नाकमा अंकुसे राखी दिएँ। अनि मैले तिम्रो मुखमा लगाम लगाई दिएँ। त्यस पछि मैले तिमीलाई फनक्क घुमाएँ र जहाँबाट आएका थियौ त्यतै डोर्याएँ।”‘