Isaiah 37:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले तिनलाई यो खबर यशैयालाई दिन पठाए, “आज हाम्रो निम्‍ति कष्‍टको दिन छ। हामीले दण्‍ड भोग्‍दै छौं र हाम्रो अपमान भएको छ। हामी आइमाईजस्‍ता भएका छौं, जो बच्‍चा जन्‍माउन तयार छे तर कमजोरीले गर्दा त्‍यसो गर्न सक्‍दिन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले तिनलाई भने, “हिजकिया राजा यसो भन्‍नुहुन्‍छ: आजको दिन दु:ख, गाली खाने र अपमानको दिन छ, बालकहरू जन्‍मन लाग्‍दा जन्‍माउने ताकत नभएजस्‍तो भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तिनलाई भने, “हिजकिया यसो भन्‍नुहुन्छ: आजको दिन छोराछोरी जन्मनै लाग्दा आमामा बच्‍चा जन्माउन बल नभएकोझैँ कष्‍ट, निन्दा र तिरस्कारको दिन भएको छ।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले यशैयालाई भने, “राजा हिजकियाहले आदेश गरे कि आजको दिन दुख र शोकको विशेष दिन हो। यो अत्यन्तै शोकमय दिन हुनेछ। यो यस्तो दिनु हुनेछ जब एउटा बालक जन्मनेवाला छ। तर शक्तिको अभावमा जन्म लिन सक्तैन्।