Isaiah 37:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि यशैयाले हिजकिया राजालाई भने, “के हुनेछ, त्यो त्यसको सङ्केत हो। यो वर्ष र आउँदो वर्ष तिमीहरूले खानलाई जङ्गली अन्न मात्र पाउनेछौ तर त्यसपछिको वर्ष तिमीहरूले बिउ रोप्न र कटनी गर्न सक्नेछौ र दाखको बोट लाएर त्यसको फल खान सक्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे हिजकिया, तेरो निम्ति चिन्ह यही हुनेछ: “यो वर्षचाहिँ आफै उम्रेको कुरो तिमीहरूले खानेछौ, र दोस्रो वर्षचाहिँ त्यहीँबाट उम्रेको, तर तेस्रो वर्षचाहिँ तिमीहरू छर, कटनी गर, दाखबारी लगाओ र तिनका फल फलाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे हिजकिया, तेरा निम्ति यो चिन्ह हुनेछ: “यो वर्ष तैँले आफैँ उम्रेको कुरा खानेछस्; र दोस्रो वर्ष तैँले त्यसैबाट उम्रेको कुरा खानेछस्। तर तेस्रो वर्षमा छर र कटनी गर, दाखबारी लगा र त्यसको फल खा।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि परमप्रभुले हिजकियाहलाई भन्नुभयो, “म तिमीलाई यी शब्दहरू सत्य हुन भनी देखाउने एउटा यस्तो संकेत दिने छु। तिमी बिऊ छर्न अयोग्य थियौ। यसैले यो वर्ष तिमी बिऊ नछरी उम्रिएको नै खानेछौ। तर तीन वर्षमा तिमी आफैले रोपेको अन्न खानेछौ। तिमीहरू ती अन्नहरू उमार्नेछौ अनि तिमीसित खानलाई प्रचूर अन्न हुनेछ। तिमी अङ्गुरका विरूवा रोप्नेछौ अनि त्यसको फल खानेछौ।