Isaiah 37:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अश्शूरी राजाबारे परमप्रभुले यसो भन्नुभएको छ, ‘त्यो यस सहरभित्र पस्नेछैन र यहाँ एउटा काँडले पनि हान्नेछैन। ढाल बोकेका कुनै सिपाही सहरछेउ आउनेछैनन् र त्यसका चारैपट्टि घेराका ढिस्को बनाउन सकिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण अश्शूरका राजाको विषयमा परमप्रभु यो भन्नुहुन्छ: त्यो यस सहरमा आउनेछैन अथवा त्यसले एउटै काँड़ हान्नेछैन। त्यो यसको सामुन्ने ढाल लिएर आउनेछैन, न त यसको विरुद्धमा कुनै घेरा-मचान बनाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण अश्शूरको राजाको विषयमा याहवेह यसो भन्नुहुन्छ: “त्यसले यस सहरमा प्रवेश गर्नेछैन, न त यहाँ एउटा काँड नै हान्नेछ। त्यो यसको सामु ढालसित आउनेछैन, न त यसलाई घेराबन्दी लगाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभुले अश्शूरका राजाको बारेमा भन्नुहुन्छ “उनी यस शहर भित्र आउने छैनन् उनले यस शहरमा काँड हान्ने छैनन्। उनले आफ्नो ढालहरू यो शहरको लागि ल्याउने छैनन् उनले यो शहरका पर्खालहरूमा धावा बोल्नलाई कुनै प्रकारको गढ बनाउने छैनन्।