Isaiah 37:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभुका एउटा स्वर्गदूत अश्शूरी छाउनीमा गए र १,८५,००० सिपाहीहरूलाई मारे। भोलिपल्ट घाम झुल्कँदा तिनीहरू मरेर लडिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुका दूत गएर अश्शूरीहरूको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे। मानिसहरू बिहान उठ्दा उनीहरूले ती सबै लाशहरू देखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस रात याहवेहका दूतले बाहिर गएर अश्शूरहरूको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे। भोलिपल्ट बिहानै मानिसहरू उठ्दा सबै मरेका लासहरू मात्र देखे!
Nepali ERV (पवित्र बाइबल)
त्यस रात, परमप्रभुका दूत गएर अश्शूरहरूको छाउनी एक लाख पचासी हजार मानिसहरूलाई मारे। जब बाँचेका मानिसहरू बिहान ब्यूँझे तिनीहरूले आफ्ना वरिपरी मृत शरीरहरू देखे।