Isaiah 37:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक दिन आफ्‍ना देवता निस्रोकको मन्‍दिरमा पूजा गरिरहँदा तिनका दुई छोराहरू अद्रम्‍मलेक र शरेसेरले आफ्‍ना तरवारले तिनलाई मारे र भागेर आरारात देशमा गए। तिनका अर्का छोरा एसरहदोन तिनीपछि राजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक दिन जब उनी आफ्‍नो देवता निस्रोकको मन्‍दिरमा पूजा गर्दैथिए तब उनका छोराहरू अद्रम्‍मलेक र शरेसेरले उनलाई तरवारले मारे, अनि उनीहरू भागेर आरारात देशमा गए। त्‍यसपछि उनको सट्टामा उनका छोरा एसरहदोनले राजा भएर शासन गर्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन तिनी आफ्ना देवता निस्रोकको मन्दिरमा पूजा गरिरहेको बेला तिनका छोराहरू अद्रम्मलेक र शरेसेरले तिनलाई तरवारले मारे; र तिनीहरू अरारातको देशमा भागे। अनि तिनका छोरा एसरहदोन तिनीपछि राजा भए।
Nepali ERV (पवित्र बाइबल)
एकदिन सनहेरीब आफ्नो देवता निस्रोकको मन्दिरमा उसको पूजा गरिरहेका थिए। त्यस बेला उनका दुइजना छोरा अद्रमेलेक र शरेसेरले तिनलाई तरवारले मारे। त्यसपछि छोराहरू अरातर तिर भागे। यसैले सनहेरीबको छोरो एसर्हददोन अश्शूरका नयाँ राजा भए।