Isaiah 37:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अश्‍शूरी राजाले जीवित परमेश्‍वरको अपमान गर्न आफ्‍नो सेनापति पठाएका छन्। परमप्रभु तिम्रा परमेश्‍वरले यी अपमानका कुरा सुन्‍नुभएको छ र ती बोल्‍नेलाई दण्‍ड देऊन्। हाम्रा जति मानिसहरू बाँचेका छन्, तिनीहरूको निम्‍ति परमेश्‍वरसँग प्रार्थना गरिदेओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शायद परमप्रभु तपाईंका परमेश्‍वरले युद्धका सेनापतिको कुरा सुन्‍नुहुनेछ, जसलाई त्‍यसका मालिक अश्‍शूरका राजाले जीवित परमेश्‍वरको निन्‍दा गर्न पठाएका छन्, र परमप्रभु तपाईंका परमेश्‍वरले सुन्‍नुभएको त्‍यस वचनको कारण उहाँले उनलाई हप्‍काउनुहुनेछ। यसकारण बाँचेकाहरूका निम्‍ति तपाईंले प्रार्थना गरिदिनुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सायद याहवेह तपाईंका परमेश्‍वरले मैदानका सेनापतिले भनेका कुरा सुन्‍नुभएको छ होला, जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्‍वरलाई ठट्टा गर्न पठाएका छन्। याहवेह तपाईंका परमेश्‍वरले सुन्‍नुभएका कुराहरूका निम्ति तिनलाई हपार्नुहुनेछ। यसकारण बाँचेकाहरूका निम्ति प्रार्थना गरिदिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
सेनापतिको मालिक, अश्शूरका राजाले उसलाई जीवित परमेश्वरको बारेमा अनिष्ट कुराहरू भन्नलाई पठाए। हुन सक्छ परमप्रभु तपाईंका परमेश्वरले ती कुराहरू सुन्नु भएकोछ। शायद परमप्रभुले शत्रुको गल्ती छ भनेर प्रमाण गर्नु हुनेछ। यसकारण छाडिएका ती मानिसहरूका लागि प्रार्थना गर जो अझ जीवित छन्।”