Isaiah 38:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यही बेलातिर हिजकिया राजा बिरामी भए र झण्डै मरे। आमोजका छोरा यशैया अगमवक्ता तिनलाई हेर्न गए र भने, “ ‘तैँले सबै कुराको बन्दोबस्त मिलाई राख् किनभने तँ निको हुनेछैनस्’ परमप्रभुले तपाईंलाई भन्नुहुन्छ। तपाईं मर्नुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस बेला हिजकिया राजा बिरामी परेर मर्नै लागेका थिए। तब आमोजका छोरा यशैया अगमवक्ताले तिनीकहाँ आएर भने, “परमप्रभु यसो भन्नुहुन्छ: तेरो घर ठीकठाक गर्, किनकि तँ मर्नेछस्, तँ निको हुनेछैनस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्युको मुखैमा पुगे।आमोजका छोरा अगमवक्ता यशैयाले तिनीकहाँ गएर भने, “याहवेह यसो भन्नुहुन्छ: आफ्ना घरानालाई ठिक राख्; किनकि तँ मर्नेछस्; तँ निको हुनेछैनस्।”
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला, हिजकियाह बिमार भए अनि मृत्युको मुख सम्म पुगे। आमोसको छोरो अगमवक्ता यशैया उनलाई हेर्न गए। यशैयाले राजालाई भने, “तिमीलाई यी कुराहरू भन्नु परमप्रभुले मलाई भन्नुभयो ‘तिमी चाँडै मर्नेछौ। यसैले तिमीले तिम्रो सन्तानहरूलाई तिमी मरे पछि के गर्नु पर्ने बताउनु पर्छ। तिमी निको हुने छैनौ।”‘