Isaiah 38:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले त सोचेथें, मेरो जीवनको उत्तम समयमै म मृत-लोकमा जानेछु र मेरो प्राण अबउप्रान्त बाँच्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले भनें, “के मेरो आयुको मस्त जवानीमा नै मृत्युको ढोकाभित्र जानुपर्ने र मेरो आयुको शेष भाग हरण हुने?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले भनेँ, “मेरो जीवनको बीचमा के म मृत्युको मूलढोकाबाट भएर जानुपर्छ, र मेरा बाँकी वर्षहरू मबाट खोसिनेछ?”
Nepali ERV (पवित्र बाइबल)
मैले स्वयंलाई भनें, “म बूढो भई बाँच्ने छु। तर त्यतिबेला मेरो उमेर पातालको प्रवेशद्वारहरूबाट जाने भइसकेको हुनेछ। अब मैले मेरो सबै समयहरू यहाँ बिताएँ।”