Isaiah 38:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले त सोचेथें, यस जीवितहरूको देशमा मैले परमप्रभुलाई फेरि देख्‍नेछैनँ वा जीवित मानिसहरूलाई फेरि हेर्न पाउनेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले भनें, “म परमप्रभुलाई फेरि देख्‍नेछैनँ, जीवितहरूको देशमा परमप्रभुलाई म देख्‍नेछैनँ। मानव-जातिलाई म अब देख्‍नेछैनँ, न त संसारमा अहिले बस्‍नेहरूसँग म हुनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले भनेँ, “म फेरि जीवितहरूको देशमा याहवेहलाई देख्नेछैनँ, अब उसो मानव-जातिलाई देख्नेछैनँ, वा अहिले यस संसारमा रहनेहरूसित हुनेछु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण मैले भने, “म परमप्रभु याहलाई यस संसारमा फेरि बाँचिरहेको देख्ने छैन, म पृथ्वीमा मानिसहरू बाँचिरहेको देख्ने छैन।