Isaiah 38:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पाल उठाएझैँ, कपडा तानबाट काटेझैँ मेरो जीवन काटियो र त्यसको अन्त भयो। मैले सोचेथें, परमेश्वरले मेरो जीवन अन्त गराउँदै हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गोठालाको पालझैँ मेरो घर भत्काएर मबाट खोसी लगियो। जुलाहाले लुगा बेहेरेझैँ मैले मेरो जीवन बेहेरेको छु, र उहाँले मलाई तानबाट काटिदिनुभएको छ। दिन र रातभरिमा नै तपाईंले मेरो अन्त गराइदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो घर गोठालाको पालझैँ उखेलिएर मबाट लगिएको छ। तान बुन्नेले झैँ मैले आफ्नो जीवनलाई बेह्रेको छु, र उहाँले मलाई तानबाट काटिदिनुभएको छ; दिनरात तपाईंले मलाई अन्त्य गर्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
मेरो घर, मेरो गोठालाको तम्बु, भत्काई रहेछन् अनि मबाट टाढा सारिरहेछन्। म मानिसहरूले लुगा तानबाट तान्दै सिलाउनलाई काटे जस्तै शेष भइरहेछु। तिमीले मेरो जीवन यति चाँडै शेष पारिदियौ।