Isaiah 38:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो सोर मधुरो र दुर्बल थियो, म ढुकुरझैँ विलाप गर्दथें, आकाशतिर हेर्दा-हेर्दा मेरा आँखा थाकिसके, हे परमप्रभु, यी सबै कष्टबाट मेरो उद्धार गर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गौँथलीझैँ वा सारिका चराझैँ म चिरबिर गर्थें। ढुकुरझैँ विलाप गर्थें, माथितिर हेर्दा-हेर्दा मेरा आँखा टट्टाइसके। हे परमप्रभु, म दु:खमा परेको छु। तपाईं मलाई सहायता गर्नुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म गौँथली वा सारसझैँ चिरबिर कराएँ; मैले विलाप गर्ने ढुकुरझैँ विलाप गरेँ। स्वर्गतिर हेर्दा मेरा आँखा कमजोर भए। म खतरामा छु; हे प्रभु, मेरा सहायताको निम्ति आउनुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
म ढुकुर जस्तै रोएँ म चरा जस्तै रोएँ मेरा आँखाहरू थकित भए तर मैले लगातार स्वर्ग तिर हेरिरहे। हे मेरो मालिक! म अत्यन्त खिन्न भएँ मलाई साथ दिने वचन दिनुहोस्।”