Isaiah 38:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पातालमा कसैले तपाईंको प्रशंसा गर्न सक्‍दैन, मरेकाहरू तपाईंको विश्‍वासयोग्‍यतामा भरोसा गर्न सक्‍दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पातालले तपाईंको प्रशंसा गर्न सक्‍दैन। मृत्‍युले तपाईंको प्रशंसा गर्न सक्‍दैन। खाड़लमा जानेहरूले तपाईंका विश्‍वस्‍तताको आशा गर्न सक्‍दैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि चिहानले तपाईंको प्रशंसा गर्न सक्दैन, मृत्युले तपाईंको प्रशंसा गाउन सक्दैन; खाडलमा पर्नेहरूले तपाईंको विश्‍वासयोग्यताको आशा राख्न सक्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
मृत मानिसहरूले तपाईंको स्तुति-गान गाउन सक्तैन्। पातालमा भएका मानिसहरूले तपाईंको गुण गाउँदैनन्। मृत मानिसहरूले उनीहरूलाई नै सघाउन तपाईंमा भर पर्दैन्। तिनीहरू धर्तीको प्वालभित्र जान्छन् अनि कहिल्यै बोल्न सक्तैनन्।