Isaiah 38:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आहाज राजाले बनाएको भर्याङमा परमप्रभुले छाया दश कदम पछि सर्न लाउनुहुन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आहाजको सिँढ़ीमा घामको छाया, जो तल गइसकेको छ, म दश खुट्किला पछि सार्नेछु’।” यसैले घामको छाया तलतिर गएको भए तापनि दश खुट्किला पछि सर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म आहाजको सिँढीमा तल गएको घामले बनाएको छायालाई दश कदम पछि सारिदिनेछु।’ ” यसकारण तल गएको घामको छाया दश कदम पछि सर्यो।
Nepali ERV (पवित्र बाइबल)
“हेर, दश पाइला पछि हट्नुलाई म छाँया बनाउँदैछु जुन अहाजको पाइलाहरूमाथि छ। जब घाम ती सिडीहरूमा चम्कन्थ्यो त्यो छाँयाले दिनको समय बताउँथ्यो।” 21 तब यशैयाले हिजकियाहलाई भने, “तिमीले नेभारा पिँधेर धूलो पार अनि त्यो आफ्नो घाउमा लगाऊ, तब तिमी निको हुनेछौ।