Isaiah 39:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हिजकियाले ती ल्‍याउने दूतहरूलाई स्‍वागत गरे र तिनीहरूलाई आफ्‍ना धन-सम्‍पत्ति, सुन-चाँदी, मसला, सुगन्‍धित तेल र सबै सैनिक हतियारहरू देखाए। उनका महल र राज्‍यका कुना-कुनामा भएका कुनै कुरा पनि हिजकियाले नदेखाई छोडेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हिजकियाले ती राजदूतहरूलाई सहर्ष स्‍वागत गरे, र उनीहरूलाई आफ्‍नो भण्‍डारका सुन, चाँदी, मसलाहरू, सुगन्‍धित तेलहरू, आफ्‍ना सारा हतियार-गृह र आफ्‍नो कोषमा भएका सबै सामानहरू देखाइदिए। आफ्‍नो महल र आफ्‍नो राज्‍यमा तिनले उनीहरूलाई नदेखाएको कुनै पनि थोक थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हिजकियाले दूतहरूलाई हर्षसाथ स्वागत गरेर तिनीहरूलाई आफ्ना भण्डारमा भएका सबै चीजहरूः चाँदी, सुन, मसलाहरू, बहुमूल्य तेल, आफ्ना सारा हतियारहरू राख्ने घर र भण्डारमा भएका प्रत्येक चीज देखाइदिए। हिजकियाले आफ्नो महलमा वा सम्पूर्ण राज्यमा तिनीहरूलाई नदेखाएको कुनै चीज थिएन।
Nepali ERV (पवित्र बाइबल)
ती कुराहरूले हिजकियाहलाई आनन्द पुरायो। यसकारण हिजकियाहले मानिसहरूलाई आफ्नो भण्डारबाट सारा बहुमूल्य वस्तुहरू देखाए। हिजकियाले तिनीहरूलाई सुन, चाँदी बहुमूल्य मसलाहरू र महँगो मूल्य भएको अत्तरहरू देखाए। हिजकियाहले तिनीहरूलाई युद्धमा चलाएका तरवारहरू र ढालहरू देखाए। हिजकियाहले तिनीहरूलाई सबै चीजहरू देखाए। जुन उनले सुरक्षित राखेका थिए। हिजकियाहले आफ्ना घर अनि राज्यमा भएका सम्पूर्ण चीजहरू तिनीहरूलाई देखाए।