Isaiah 39:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि यशैया अगमवक्ताले हिजकिया राजाकहाँ गएर सोधे, “यी दूतहरू कहाँबाट आएका हुन् र तिनीहरूले तपाईंलाई के भने?” हिजकियाले उत्तर दिए, “तिनीहरू टाढाको देश बेबिलोनियाबाट आएका हुन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यशैया अगमवक्ता हिजकिया राजाकहाँ आएर भने, “ती मानिसहरूले के भने, र उनीहरू कहाँबाट आएका थिए?” हिजकियाले भने, “उनीहरू टाढ़ा देश बेबिलोनबाट मकहाँ आएका थिए।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अगमवक्ता यशैया राजा हिजकियाकहाँ गएर सोधे, “ती मानिसहरूले के भने? तिनीहरू कहाँबाट आएका हुन्?” हिजकियाले जवाफ दिए, “एउटा टाढा देश बेबिलोनबाट मकहाँ आएका हुन्।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि अगमवक्ता यशैया राजा हिजकियाहकहाँ गए र उनलाई सोधे, “यी मानिसहरूले के भने? तिनीहरू कहाँबाट आएका हुन्?” हिजकियाहले भने, “तिनीहरू सुदूर देशबाट मलाई हेर्न भनी आएका थिए। तिनीहरू बाबेलबाट आएका हुन्।”