Isaiah 39:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“महलमा तिनीहरूले के हेरे?” अगमवक्ताले सोधे, “तिनीहरूले सबै थोक हेरे। मैले तिनीहरूलाई नदेखाएको केही कुरा राजभण्‍डारमा छैन,” राजाले जवाफ दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अगमवक्ताले सोधे, “उनीहरूले तपाईंको दरबारमा के-के देखे?” हिजकियाले भने, “उनीहरूले मेरो दरबारमा भएका सारा चीजहरू देखे। मेरो भण्‍डारमा मैले उनीहरूलाई नदेखाएको कुरा केही छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अगमवक्ताले सोधे, “तिनीहरूले तपाईंको महलमा के-के देखे?” हिजकियाले भने, “तिनीहरूले मेरो महलमा भएको प्रत्येक कुरा देखे। मेरो भण्डारमा भएका सबै थोक मैले तिनीहरूलाई देखाएँ।”
Nepali ERV (पवित्र बाइबल)
यसैले यशैयाले उनलाई सोधे, “तिनीहरूले तिम्रो घरमा के देखे?” हिजकियाहले भने, “तिनीहरूले मेरो राजमहलका सम्पूर्ण चीजहरू हेरे। मैले तिनीहरूलाई जम्मै सम्पत्तिहरू देखाएँ।”