Isaiah 39:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[5-6] यशैयाले राजालाई भने, “सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ कि ‘यस्‍तो समय आउँदै छ, जब तपाईंको महलमा भएका र आजसम्‍म तपाईंका पिता-पुर्खाले भण्‍डारमा जम्‍मा गरेका हरेक वस्‍तु बेबिलोनियामा लगिनेछन्। केही कुरा छोडिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यशैयाले हिजकियालाई भने, “सर्वशक्तिमान्‌ परमप्रभुको वचन सुन्‍नुहोस्‌:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यशैयाले हिजकियालाई भने, “सेनाहरूका याहवेहको वचन सुन्‍नुहोस्:
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि यशैयाले हिजकियाहलाई यसो भने, “सेनाहरूका परमप्रभुबाट आएको यी शब्दहरू ध्यान लगाएर सुन।