Isaiah 4:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेममा छोडिएका सबै मानिसहरू, जसलाई परमप्रभुले बचाएर राख्‍नलाई छान्‍नुभएको छ, तिनीहरू पवित्र कहलाइनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सियोनमा छोड़िएका र यरूशलेममा बाँकी रहेकाहरू, अर्थात्‌ यरूशलेममा बस्‍नेहरू भनी दर्ता भएकाहरू पवित्र कहलाइनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सियोनमा छोडिएका यरूशलेममा रहनेहरू सबै, जो यरूशलेममा बस्‍नेहरूको गन्तीमा आएका छन्, तिनीहरू पवित्र भनिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यतिबेला अझ सियोन र यरूशलेममा बसिरहेका मानिसहरू सबैले पवित्र मानिसहरू भनी मान्नेछन्। यी नाउँहरू खास सूचीमा दर्ता भएका मानिसहरूका निम्ति हुनेछ; सूचीमा दर्ता भएका मानिसलाई सधैं बस्ने अनुमति दिइनेछ।