Isaiah 40:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले आफ्‍नो बगाललाई गोठालाले झैँ समाल्‍नुहुनेछ, थुमाहरूलाई एकसाथ भेला गरी अँगालोमा लिनुहुनेछ, तिनका माऊहरूलाई बिस्‍तारै डोर्‍याउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आफ्‍नो बगाललाई गोठालाले झैँ चराउनुहुन्‍छ। उहाँले थुमाहरूलाई आफ्‍नै अँगालोमा लिनुहुन्‍छ, र तिनीहरूलाई आफ्‍नै हृदयको नजिक बोक्‍नुहुन्‍छ। उहाँले ससाना बच्‍चा भएकालाई चाहिँ बिस्‍तार-बिस्‍तार डोर्‍याउनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आफ्ना बगाललाई गोठालाले झैँ हेरचाह गर्नुहुन्छ: उहाँले थुमाहरूलाई आफ्ना अँगालोमा लिनुहुन्छ; तिनीहरूलाई आफ्नो मुटुको नजिक राख्नुहुन्छ; उहाँले स-साना बच्‍चा भएकाहरूलाई बिस्तारै डोर्‍याउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
गोठालेले भेडा डोर्याए झैं परमप्रभुले आफ्ना मानिसहरूलाई डोर्याउनु हुनेछ। परमप्रभुले आफ्ना शक्ति चलाउनु हुनेछ अनि आफ्ना भेडाहरू एकत्रित पार्नुहुनेछ। परमप्रभुले साना पाठो उठाउनुहुनेछ अनि आफ्नो पाखुरामा च्याप्नु हुनेछ, तिनीहरूका आमाहरू उहाँको पछाडि हिंड्नेछन्।