Isaiah 40:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के कसैले समुद्रलाई आफ्नो हत्केलाले वा आकाशलाई आफ्नो हातले नाप्न सक्छ? के कसैले पृथ्वीको माटो डालोमा राख्न वा डाँडा र पर्वत तराजुले जोख्न सक्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसले पानीलाई आफ्नो अँजुलीमा अथवा आफ्नो बित्ताले आकाशलाई नापेको छ? कसले पृथ्वीको माटो डालोमा भरेको छ अथवा पर्वतहरू तराजूमा र डाँड़ाहरूलाई काँटामा जोखेको छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसले आफ्नो अञ्जुलीमा पानीलाई नापेको छ, अथवा आफ्ना हातको चौडाइले आकाश नापेको छ? कसले पृथ्वीको धुलोलाई एउटा डालोमा भरेको छ, अथवा पर्वतहरू र डाँडाहरूलाई तराजुमा जोखेको छ?
Nepali ERV (पवित्र बाइबल)
कसले आफ्नो हातको हत्केलामा भरेर समुद्र नाप्यो? कसले आफ्नो हात प्रयोग गरेर आकाशलाई नाप्यो? कसले डालो चलाए पृथ्वीका सारा कणहरू नाप्नलाई? पर्वतहरू र पहाडहरू नाप्नलाई कसले नाप्ने यन्त्र चलायो? यी सबै नाप्ने परमप्रभुमाथि थिए।