Isaiah 40:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको निम्‍ति जाति-जातिहरू केही होइनन्, ती एक थोपो पानीभन्दा बढी होइनन्। उहाँको निम्‍ति टाढाका टापुहरू धुलोझैँ हलुङ्गा छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जाति-जाति त बाल्‍टीको एक थोपो पानीजस्‍तै छन्‌। तिनीहरू तराजूमा टाँसिएका धूलोजस्‍तै छन्‌। उहाँले त टापूहरूलाई मसिनो धूलोजस्‍तै जोख्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निश्‍चय नै जातिहरू त बाल्टीमा भएको एक थोपा पानीजस्ता हुन्; तिनीहरू त तराजुमा भएको धुलोझैँ ठानिएका छन्; उहाँले टापुहरूलाई धुलोजस्तै तौलिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हेर, यस संसारमा सारा जातिहरू गाग्रीमा रहेको एक थोपा पानी सरह छन्। यदि परमेश्वरले टाढा टाढाका सबै जातिहरूलाई एकसाथ आफ्नो जोख्ने तराजुमा राख्नुभयो भने, पनि तिनीहरू मसिना धूलोका कणहरू जस्तै हुनेछन्।