Isaiah 40:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेमका मानिसहरूलाई साहस देओ, तिनीहरूलाई भन कि तिनीहरूले लामो समयदेखि कष्ट भोगेका छन् र अहिले तिनीहरूका पाप क्षमा भएको छ। तिनीहरूका पापको लागि मैले तिनीहरूलाई पूरा दण्ड दिएको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विनम्र भएर यरूशलेमलाई भन। त्यसका दासत्वको सेवा पूरा भएको छ, त्यसका पापहरू क्षमा गरिएको छ अनि त्यसले परमप्रभुको हातबाट आफ्ना सबै पापका निम्ति दोबर पाएको छ भनी त्यसलाई घोषणा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूशलेमसित कोमलतासाथ कुरा गर। त्यसलाई भन, त्यसका कठिन सेवा पूरा भइसकेको छ, त्यसका पापको मूल्य तिरिएको छ; त्यसले याहवेहको हातबाट आफ्ना सबै पापका निम्ति दोबर पाएको छ।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेमसित नम्र भएर बोल। यरूशलेमलाई भन, “तिमीहरूको सेवाको अवधि सकिएको छ। तिमीहरूले आफ्नो पापको प्रायश्चित गरिसकेका छौ।” परमप्रभुले यरूशलेमलाई उसले गरेको एउटा पापकोलागि दुइपल्ट दण्ड दिनु भएकोछ।