Isaiah 40:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुन र चाँदीले मूर्ति बनाउन नसक्‍ने मानिसले नसड्‍ने काठ रोज्‍दछ, नढल्‍ने मूर्ति बनाउन उसले एउटा सिपालु कारिगर खोज्‍दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस्‍तो भेटी चढ़ाउन नसक्‍ने साह्रै गरीबले चाहिँ नकुहुने काठ छान्‍छ। उसले आफ्‍नो निम्‍ति खोपेको मूर्ति नहल्‍लिने गरी बसाल्‍नलाई कुनै एक निपुण कारीगरलाई खोज्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस्तो भेटी चढाउन नसक्ने अति गरिबले चाहिँ एउटा नकुहिने काठ छान्छ; त्यसले नहल्‍लिने किसिमको एउटा मूर्ति बनाउन एक जना सिपालु कारिगर खोज्छ।
Nepali ERV (पवित्र बाइबल)
अनि त्यसको आधारको लागि उसले नकुहिने विशेष प्रकारको काठ छान्छ। त्यस पछि उसले काठको खास काम गर्ने कर्मी खोज्दछ। अनि त्यस कारीगरले “देवता” तयार पार्दछ जुन हल्लिएर लडने छैन।