Isaiah 40:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पृथ्‍वीमाथि आकाशभन्दा उच्‍चमा आफ्‍नो सिंहासनमा विराजमान हुनुहुनेले त्‍यो बनाउनुभएको हो, तलका मानिसहरू फटेङ्ग्राजस्‍ता छन्। बास बस्‍नलाई पाल टाँगेजस्‍तो वा पर्दा टाँगेजस्‍तो उहाँले आकाशलाई टाँग्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ पृथ्‍वीको परिधिभन्‍दा माथि विराजमान हुनुहुन्‍छ, र पृथ्‍वीका मानिसहरूचाहिँ फटेङ्‌ग्राजस्‍तै छन्‌। उहाँले आकाशलाई पर्दाझैँ फिँजाउनुहुन्‍छ, अनि त्‍यसमा वास गर्नलाई पालझैँ त्‍यो फैलाउनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ पृथ्वीको गोलाइमाथि सिंहासनमा विराजमान हुनुहुन्छ; पृथ्वीका मानिसहरू फट्याङ्ग्राजस्ता छन्। उहाँले आकाशलाई मण्डपझैँ तन्काउनुहुन्छ; अनि त्यसमा बास गर्नलाई त्यो पालझैँ फिँजाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ। उहाँ पृथ्वीको परिधि भन्दा माथि विराजमान हुन हुन्छ, अनि उहाँसँग तुलना गर्दा मानिसहरू फट्याङ्ग्रा बराबर मात्र हुन्। उहाँले लुगाको टुक्रा बेरे जस्तो आकाशलाई बेर्नु भयो। बस्नलाई पाल टाँगे जस्तो उहाँले आकाशलाई फिँजाउनु भयो।