Isaiah 40:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आकाशतिर हेर! तिमीले देखेका ताराहरू कसले बनाए? उहाँले ती असङ्ख्य ताराहरूलाई पनि गन्ती गरी नाउँ काढेर बोलाउनुहुन्छ! उहाँको महान् शक्तिले गर्दा तीमध्ये एउटा पनि छोडिनेछैन!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका आँखा माथि उठाएर आकाशलाई हेर, यी सबै कसले बनाएका हुन्? उहाँले नै होइन र, जसले पुञ्जलाई एक-एक गरी ल्याउनुहुन्छ र प्रत्येकलाई नाउँ काढ़ी बोलाउनुहुन्छ। उहाँको ठूलो शक्ति र शक्तिशाली सामर्थ्यको कारण तिनीहरूमध्ये एउटै पनि हराउँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्ना आँखा उठाएर आकाशतिर हेर: कसले यी सबै कुराहरू सृष्टि गरे? उहाँ, जसले तारामण्डललाई एक-एक गरी ल्याउनुहुन्छ, र प्रत्येकलाई नामद्वारा बोलाउनुहुन्छ। उहाँको महान् पराक्रम र बलवान् शक्तिको कारण तीमध्ये एउटै पनि हराएको छैन।
Nepali ERV (पवित्र बाइबल)
माथि आकाशमा हेर, ती ताराहरू कसले रचे? कसले ती सारा ‘सैन्यहरू’ आकाशमा रचे? प्रत्येक ताराको नाउँ कसले जान्दछ? साँचो परमेश्वर अत्यन्त बलवान र शक्तिशाली हुनुहुन्छ यसैले कुनै पनि तारा हराउँदैनन्।”