Isaiah 40:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तँ जान्‍दैनस्? के सुनेको छैनस्? परमप्रभु अनन्‍तको परमेश्‍वर हुनुहुन्‍छ, उहाँले सारा संसार बनाउनुभयो। उहाँ कहिल्‍यै थाक्‍नुहुन्‍न, कहिल्‍यै गल्‍नुहुन्‍न, उहाँका विचार कसैले बुझ्‍दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तँलाई थाहा छैन? के तैंले सुनेको छैनस्‌? परमप्रभु सदासर्वदा परमेश्‍वर हुनुहुन्‍छ, पृथ्‍वीको पल्‍लो छेउसम्‍मका सृष्‍टिकर्ता हुनुहुन्‍छ। उहाँ न त थकित न हैरान हुनुहुन्‍छ, र कसैले पनि उहाँको समझलाई नाप्‍न सक्‍दैन?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तँ जान्दैनस्? के तैँले सुनेको छैनस्? याहवेह अनन्तका परमेश्‍वर हुनुहुन्छ, सारा पृथ्वीका सृष्‍टिकर्ता हुनुहुन्छ। उहाँ थाक्नुहुन्‍न, न त गल्नु हुन्छ, उहाँको बुद्धि अपरम्पार छ।
Nepali ERV (पवित्र बाइबल)
निसन्देह तिमी जान्दछौ र सुनेकाछौ कि परमप्रभु परमेश्वर अत्यन्तै बुद्धिमानी हुनुहुन्छ। मानिसहरूले प्रत्येक कुरो सिक्नु सक्तैनन्, उहाँले जान्नु हुन्छ। परमप्रभु थाक्नु हुन्न र आरामको खाँचो पनि पर्दैन। परमप्रभुले पृथ्वीमा सुदूर स्थानहरू बनाउनु भयो परमप्रभु सन्तानका परमेश्वर हुनुहुन्छ।