Isaiah 40:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ज-जसले परमप्रभुमाथि मद्दतको लागि भरोसा राख्‍दछन्, तिनीहरूले फेरि नयाँ बल पाउँदछन्। तिनीहरू चिलझैँ मास्‍तिर उड्‍नेछन्। दगुरेर पनि थाक्‍नेछैनन्। तिनीहरू हिँड्‍नेछन् तर गल्‍नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन्, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन्‌। तिनीहरू हिँड्‌नेछन्‌ तापनि मूर्च्‍छा पर्नेछैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर याहवेहमा आशा राख्नेहरूले नयाँ सामर्थ्य पाउँछन्। तिनीहरू चीलझैँ पखेटाले माथि उड्नेछन्; तिनीहरू दगुर्ने छन्, तर पनि थाक्नेछैनन्; तिनीहरू हिँड्नेछन्, तर बेहोस हुनेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
तर तिनीहरू जसले परमप्रभुमाथि भरोसा गर्दछ उ अझ बलियो हुन्छ अनि चीलहरू जस्तै आकासिन्छ। ती मानिसहरू दुर्वल नभई दगुर्छन्। ती मानिसहरू थकित नभई हिँडछन्।