Isaiah 40:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुको महिमा प्रकट हुनेछ, सबै मानिसहरूले एकसाथ देख्‍नेछन् किनभने परमप्रभु आफैंले यस्‍तो प्रतिज्ञा गर्नुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुको महिमा प्रकट गरिनेछ, र सारा मानव-जातिले त्‍यो एकैसाथ देख्‍नेछन्, किनकि परमप्रभुको मुखले नै भनेको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहको महिमा प्रकट हुनेछ, र सारा मानव जातिले त्यसलाई एकसाथ देख्नेछन्। किनकि याहवेहको मुखले यो भनेको छ।”
Nepali ERV (पवित्र बाइबल)
तब, परमप्रभुको महिमा प्रकट गरिनेछ। अनि सँग-सँगै सारा मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्। हो, परमप्रभु, स्वयंले यी कुराहरू भन्नु भएको थियो!”