Isaiah 40:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे यरूशलेम, अग्लो पर्वतमाथि जा र यो शुभ समाचार सुना! हे सियोन, ठूलो सोर उचाल् र यो शुभ समाचार भन्! नडराई बोल्। यहूदा सहरलाई भन् कि तिनीहरूका परमेश्वर आउँदै हुनुहुन्छ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सियोनलाई शुभ समाचार सुनाउने हो, तिमी अग्लो पर्वतमा जाऊ। यरूशलेमलाई शुभ समाचार सुनाउने हो, जोडसँग तिम्रो सोर उचाल, सोर उचाल, नडराऊ। यहूदाका नगरहरूलाई भन, “हेर, तिमीहरूका परमेश्वर यहीँ हुनुहुन्छ!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सियोनमा शुभ समाचार ल्याउने, अग्लो पर्वतमा चढ्! हे यरूशलेममा शुभ समाचार ल्याउने, आफ्नो सोर जोडले उचाल्, सोर उचाल्, नडरा; यहूदाका नगरहरूलाई भन्, “तिमीहरूका परमेश्वर यहाँ हुनुहुन्छ!”
Nepali ERV (पवित्र बाइबल)
सियोन, भन्नलाई तिमीसँग सुसमाचारहरू छन्। तिमी अल्गो पर्वतमाथि जाऊ र चिच्याउँदै सुसमाचार भन। यरूशलेम, भन्नलाई तिमीसँग सुसमाचार छन्। नडराऊ, कराएर बोल। यी समाचार यहूदाका सारा शहरहरूमा भन “हेर, यहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ।”