Isaiah 41:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वर भन्‍नुहुन्‍छ, “हे टाढाका देशहरू हो, शान्‍त होओ र मेरा कुरा सुन! अदालतमा आफ्‍ना मुद्दा पेश गर्न तयार होओ, तिमीहरूलाई बोल्‍ने मौका दिइनेछ। हामी एकसाथ न्‍यायको निम्‍ति जम्‍मा होऔं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे टापू हो, मेरो सामुन्‍ने चूपचाप बस। जाति-जातिले नयाँ बल प्राप्‍त गरून्‌! तिनीहरू नजिक आऊन्‌ र बोलून्‌। हामी एकसाथ न्‍यायालयमा जम्‍मा होऔं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे टापुहरू हो, मेरो सामु चुप लागेर बस! राष्ट्रहरूले नयाँ सामर्थ्य प्राप्‍त गरून्! तिनीहरू अगि आएर बोलून्; हामी न्यायको ठाउँमा भेट गरौँ!
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुहुन्छ, “टाढामा भएका देशहरू, शान्त बन र मकहाँ आऊ। जातिहरू बालवान होऊ। मकहाँ आऊ र बोल। हामी साथ साथै भेट्नेछौं, अनि को ठीक हो भनेर निर्णय गर्नेछौं।