Isaiah 41:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नडरा, म तँसित छु! म तेरा परमेश्वर हुँ, कुनै कुराले तँलाई नतर्साओस्! म तँलाई बल र मद्दत दिनेछु। मेरो धार्मिकताको दाहिने हातले तँलाई बचाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण नडरा; किनकि म तँसित छु; निराश नहो, किनकि म तेरो परमेश्वर हुँ। म तँलाई सामर्थी बनाउनेछु, र सहायता दिनेछु; म तँलाई आफ्ना धार्मिकताको दाहिने हातले सम्हाल्नेछु।
Nepali ERV (पवित्र बाइबल)
सुर्ता नगर, म तिमीसितै छु। नडराऊ, म तिम्रै परमेश्वर हुँ। म तिमीलाई बलियो बनाउनेछु। म तिमीलाई सहायता दिनेछु, म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।